+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लकडाउनका कारण बर्दियाका ब्यापारीहरु प्रत्यक्ष मारमा

बर्दिया न्युज
२०७७ असार १२, शुक्रबार

अहिले नेपाल कोरोनाको महामारीसंग संघर्ष गरिरहेको बेलामा लकडाउनका कारण बर्दियाका ब्यापारीहरुलाई प्रत्यक्ष असर परेको छ। व्यापार ठप्प भएपछि व्यापारीहरू धराशायी बन्न थालेका हुन । लकडाउन फितलो भएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बजार खुल्ने निर्णय गरेता पनि व्यापार भने शुन्य भएको ब्यापारीहरुको गुनासो छ । त्यस्तै सार्वजनिक यातायात नखुल्दा पनि ब्यापारमा प्रत्यक्ष असर गरेको ब्यापारीहरु बताउँछन् । साथै लकडाउनमा स्थानीय प्रशासनले सुर्तीजन्य बस्तु र मदिरा बिक्रीवितरणमा रोक लगाउदा मदिरा ब्यापारीहरु झनै मर्कामा परेको र बैंकको ब्याज समेत तिर्न गाह्रो भएको मदिरा ब्यापारी अनिता गुरुङ्गले बताइन् ।लकडाउनमा पसल खोले पनि ग्राहक नभएको उनिहरुको गुनासो छ। व्यापार हुने बेलामा बन्दाबन्दी भयो अहिले बर्खामा ब्यापार नहुने र समान ल्याउन पनि नसकेको रेडिमेट ब्यापारी कृष्ण मैनालीले बताए ।
उनले ब्यापारीहरुलाई पसलको भाडा र बैकको व्याज लगायत घर भाडा समेत तिर्न सक्ने अवस्था नभएको बताए ।उनी मात्रै होइन उनी जस्तै अन्य व्यापारीहरू पनि कोरोना कहर र लक डाउनको मारमा छन् ।
लकडाउनका साथै नाकाहरू पनि बन्द भएका कारण व्यापार व्यवसाय हुन नसकिरहेको व्यापारीहरू बताउँछन् । नाकाहरू बन्द भएका कारण पनि व्यापार व्यवसाय हुन नसकेको अर्का व्यापारी अफजल अलिले बताए ।
लकडाउले गर्दा कतिपयको रोजी रोटी खोसिएसँगै ब्यवसाय पनि संकटमा पर्नेमा दुइमत नभएको ब्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ