+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा क्वारेन्टिनबाट घर फर्केका एकको मृत्यु

बर्दिया न्युज
२०७७ असार १२, शुक्रबार

बर्दियामा क्वारेन्टिनबाट घर फर्केका एकको मृत्यु भएको छ । गेरूवा ४ भगवानपुरका ५० बर्षिय एक पुरूषको विहीवार राती मृत्यु भएको हो ।
जनता माध्यमिक विद्यालय गोलाकाे क्वारेन्टिनमामा १५ दिन बसेर आरडिटी परिक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किएको ३ दिनपछि उनको निधन भएको हो ।
उनको स्वाव परिक्षणको लागि आज भेरी अस्पताल नेपालगन्जमा पठाइएको र साँझसम्म रिपोर्ट आउने गेरूवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले बताए । भारतबाट आएका उनलाई जनता माविको क्वारेन्टिनमा राखिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ