+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणी नदीमा पौडी खेल्ने क्रममा बर्दियाका एक युवा बेपत्ता

बर्दिया न्युज
२०७७ असार १२, शुक्रबार

बाँसगढी नगरपालिका वाड नं. ४ मदाहाका अन्दाजी २२ बर्षीय युवा नारायणी नदीमा पौडी खेल्ने क्रममा हिजो बेलुका बेपत्ता भएका छन ।

घरको चार भाई मध्य कान्छो चिन्कु आफ्नो साइलो दाजु र गाउँको एक साथी भई नारायणी नदीको बगरमा माछा मार्न गएका थिए । माछा मारी सकेपछि नदी तैरिने क्रममा उनी हिजो साँझ करिब ५ः३० बाट बेपत्ता भएका हुन । चिन्कू एक्कासी हराएको त्रासका कारण उनका दाजु उनको खोजीमा गएका थिए ।

खोजीमा गएका उनका दाजु भाइलाई बचाउने क्रममा उनी आफै पनि भुमरीमा परेर डुब्न आटेको र वरिपरिका मानिसको सहयोगले उनलाई बचाइएको प्रत्यक्ष दर्शीको भनाई छ ।बर्दिया निवासी चिन्कु थारु हाल समयमा कामको सिलसिलाका कारण चितवन बस्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ