+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा पिसिआर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने तयारी

बर्दिया न्युज
२०७७ असार १४, आईतवार

बर्दियामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा बाँके स्थित भेरी अस्पतालमा स्वाब परीक्षणको नतिजा ढिलो आउन थालेपछि जिल्लामै पीसीआर परीक्षण प्रयोगशाला खोल्ने तयारी गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिको निर्णयले प्रयोगशाला संचालनमा ल्याउने तयारी गरिएको हो । 

स्वाब परीक्षणका लागि पठाईएका नमूनाहरुको नतिजा आउन ५ देखि १० दिन लागेपछि जिल्लालाई कोरोनामुक्त बनाउने लक्ष्य पूर्तिगर्न जिल्लामै ल्याव आवस्यक पर्ने ठहर समितिको छ । गुलरियामा अवस्थित साविक महिला तथा बालवालिका कार्यालयको भवनमा प्रयोगशाला राख्ने तयारी गरिएको छ । प्रयोगशालाको खर्च ब्यवस्थापनका लागि गुलरिया नगरपालिकाबाट ४० लाख र अन्य पालिकाहरुबाट २०/२० लाख रुपैया प्रकोप ब्यवस्थापन कोषको खातामा जमा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

समितिले प्रयोगशाला संचालनका लागि ५ नम्वर प्रदेस सरकारबाट १ करोड पीसीआर औजार उपकरण खरिदका लागि माग गर्ने तयारी गरेको छ । त्यस्तै पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बचेको रकम सहयोग गर्न जिल्लाका २ वटै संघीय साँसदहरुसँग अनुरोध गर्ने निर्णय समितिको छ । समितिले प्रयोगशाला संचालनका लागि असार १५ गते भित्र स्थानिय पालिकासँग सहयोगका लागि प्रतिवद्धता माग गरेको बताईएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ