+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सांसद थापाद्धारा स्वास्थ्य सामाग्री वितरण

बर्दिया न्युज
२०७७ असार २०, शनिबार

कोरोना संक्रमणको त्रासका कारण अधिकांश सांसदहरु संघिय राजधानी काठमाडौंमै बसिरहेका बेला बर्दिया जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गरेकी सांसद तुल्सी थापालाई भने गृहजिल्ला र जिल्लाबासीकै चिन्ता छ ।

कहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर मन्त्री भानुभक्त ढकाललाई घचघच्याउँछिन त कहिले बर्दिया पुगेर स्वास्थ्य सामग्री बाँड्छिन । सांसद थापाले कोरोनाको संक्रमण फैलनबाट जोगाउन बर्दियाका विभिन्न स्थानीय तहमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेकी छिन ।
उनले बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी मार्फत मास्क, सेनिटाइजर, पीपीई लगायतका स्वास्थ्य सामग्री प्रदान गरेकी छिन । उनलाई स्वास्थ्य सामग्री संकलनमा नेकपा उपाध्यक्ष बामदेव गौतमले सहयोग गरेका हुन ।

बाँसगढि नगरपालिकाका मेयर शालिकराम अधिकारीले स्थानीय बासिन्दामा मास्क र सेनिटाइजर नहुँदा संक्रमणको जोखिम बढेकोले महामारिका बेला प्राप्त स्वास्थ्य सामग्रि संक्रमण रोकथाममा टेवा पुग्ने बताए । सांसद थापाले बर्दियाका विभिन्न पालिकामा बनाइएका क्वारेन्टाइनको स्थलगत अवलोकन गर्नुको साथै क्वारेन्टाइनमा बसेकाहरुका समस्या बारे जानकारी लिएकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ