+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विभिन्न देशमा कोरोनाका कारण १४३ जना नेपालीको मृत्यु

बर्दिया न्युज
२०७७ असार २१, आईतवार

विश्वमा नै महामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बिदेशमा थप १३ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार गएको हप्ता विदेशमा थप १३ जना नेपालीले ज्यान गुमाएको हो । समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । हालसम्म विदेशमा मात्र १ सय ४३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन र ओमान लगायत देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ