+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदै

बर्दिया न्युज
२०७७ असार २२, सोमबार

बर्दियामा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । बर्दियामा आइतबार सम्म १ सय ४९ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा कोरोना जित्नेमा हालसम्म १ सय ३५ पुरुष र १४ जना महिला छन् । भने जिल्लाको विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसनमा महिला ९ र पुरुष ३३ गरि ४२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।                   बर्दियामा हालसम्म आरडीटी विधिबाट १२ हजार ६ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने हाल सम्म ३ हजार ३ सय १८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय बर्दियामा क्वारेन्टाइनमा बस्नेको संख्या पनि घट्दै गएको स्वास्थ्य कार्यलयको तथ्याङ्कले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा ६ सय ४२ जना व्यक्तिहरु बसी रहेका छन । क्वारेन्टाइन खाली हुँदै गएपछि अधिकाशं क्वारेन्टाइन बन्द पनि गरिएका छन् ।                                            जिल्ला भरिनै रहने गरि १ सय ४८ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा ३ हजार ४ जना पुग्ने बेड क्षमता रहेको स्वास्थ्य कार्यलय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ