यो अवधिमा पहिरोमा परेर सबैभन्दा धेरै ५० जनाको ज्यान गएको छ भने बाढीमा परेर दुई जनाको ज्यान गएको छ।
देशका कतिपय स्थानमा गएका पहिरोमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या बढिरहेकाले यो सङ्ख्या वृद्धि हुनसक्ने अधिकारीहरूको भनाइ छ।
त्यस्तै गरी बाढी र पहिरोमा परेर हालसम्म ३२ जना बेपत्ता भएका छन् भने घाइतेको सङ्ख्या ५४ रहेको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा गत जेठ ३१ गते मनसुन सुरु भएयता शनिवार बिहान सम्ममा बाढी र पहिरोका १ सय ५८ वटा घटनाको जानकारी हुन आएको छ।
ती घटनाबाट २ सय ३६ परिवार प्रभावित भएका छन्। ७३ घरमा पूर्ण र १९ घरमा आंशिक क्षति भएको विवरण पनि केन्द्रले दिएको छ। त्यस्तै ३२ वटा गोठ भत्किएको र ३ सय ७ चौपाया मारिएको केन्द्रले जनाएको छ।
बाढी र पहिरोको शनिवार बिहानसम्म सङ्कलित विवरण अनुसार करिब एक करोड बराबरको आर्थिक क्षति देखिएको छ।
श्राेतः बिभिन्न अनलाइन एजेन्सि