+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भन्सार छली ल्याइएको लाखौं बराबरको सुर्ती सहित व्यक्तिहरु बर्दिया प्रहरीद्धारा बरामद

बर्दिया न्युज
२०७७ असार ३१, बुधबार

भन्सार छली अबैध रुपमा ल्याएका लाखौं बरबारको सुर्तीजन्य पदार्थ बर्दिया प्रहरीले बरामद गरेको छ । २ दिन अगाडी बढैयाताल गाउँपालिका –३ सोरहवा स्थित सडकमा बाँसगढी नगरपालिका –२ बस्ने बर्ष २९ को सुरेस गौतमले भे ९ प ७४८६ नम्बरको मोटर साईकलमा बोकी भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा अबैध सुर्ती बर्दिया प्रहरीले नियन्त्रणमा लिएको हो । सुपर पावर सुर्ती १ सय ९६ पोका मुल्य रु. २ लाख ३९ हजार २ सय मुल्य बराबरको भएको जनाइएको छ । ५ नं.प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङ र ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी बढैयाताल गाउँपालिकाकै वडा नम्बर ३ स्थित भोलागौडी देखी जमुनी तर्फ जाने मानझुण्डी सामुदायिक वनको बाटोमा भवानिपुर बस्ने ४२ वर्षिय सुन्दर यादवले भारतबाट भन्सार छली अबैध रुपमा ल्याएको सुर्ती सहित पक्राउ परेका छन् । करिब ५ हजार बराबरको सुपर पावर सुर्ती २५ पोका सहित उनलाई पक्राउ गरिएको छ । सुर्ती ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गुलरिया नगरपालिका –१० स्थित प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको करुणा नामक गुड्खा बेवारीसे अवस्थामा थुपारी राखेको अवस्थामा बरामद गरेको छ । बरामद गरिएको गुट्खा २० पोका करिब ४ हजार बराबरको छ । प्रहरीले पक्राउ गरेको मानिस र सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ