+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढी र पहिरोका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो राजमार्ग अवरुद्ध

बर्दिया न्युज
२०७७ श्रावण ५, सोमबार

अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।

चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत बन्द भएको हो ।

बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।

अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ