+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युरिया मलको हाहाकार कृषकहरुले समयमै पाउन सकेनन् मल

बर्दिया न्युज
२०७७ श्रावण ८, बिहीबार


युरिया मल कृषकहरुले समयमै पाउन सकेनन् । माग अनुसार मल पुराउन नसकेका कारण बारबर्दिया को मध्यवर्ती क्षेत्र अगुवा कृषक बहुउद्देश्यीय सहकारी सस्था रम्मापुरमा कृषकहरु को भिड बढेको छ । सहकारीमा युरिया मल ५० बोरा मात्र भएको र मल लिने सदस्यहरु एकैपटक धेरै आएका कारण मल बितरण गर्न नसकिएको सहकारीका ब्याबस्थापक लाल बहादुर तिवारीले बताउनु भएको छ । युरिया मल छर्ने समय भैसक्दा पनि मल नपाउदा बर्दियामा कृषकहरु बढी मारमा परेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ