बर्दिया ठाकुरबाबा नगरपालिकामा क्वारेन्टीनमा बस्दै आएका एक युवकले आत्महत्या गरेका छन् । अछाम बान्नीगढी गाँउपालिका घर भइ सैनवारमा आफन्त कहाँ आएका राम बहादुर सावदले आइतबार राती ठाकुरबाबा नगरपालिकाको क्वारेन्टीनमा आत्महत्या गरेका हुन् ।
१० दिन अघि भारतको राजस्थानबाट हिडेका सावद महेन्द्रनगर हुदै ठाकुरबाबा ४ सैनवार आफतको घरमा आएका थिए । आफन्तले क्वारेन्टीनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ४ दिन अघि क्वारेन्टीनमा लगेको थियो ।
सावदले क्वारेन्टीन पछाडीको रुखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाइको छ । उनको आइतबार दिउँसो पीसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो ।
पीसिआर रिर्पोेट अझै आई सकेको छैन । रिपोर्ट नै नआउदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ । रिर्पोट नआएकाले उनको शव घटना स्थलमै रहेको इलाका प्रहरी कार्यालय बगनाहा भरिगाँउका प्रहरी निरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।