हामी नेपाली नामक संस्थाले बर्दियामा महिला क्वारेन्टिनका महिलालाई सहयोग गरेको छ । जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ७ मा स्थापना गरिएको एक मात्र महिला क्वारेन्टिनमा बस्ने महिलाहरुका लागी प्रयोग गरिने समाग्री, तथा अत्यवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । महिला क्वारेन्टिनमा बस्दै आइरहेका ६० जना महिलाहरुका निम्ती स्वास्थ्य लगायत अन्य समाग्रीहरु सहयोग गरिएको हामी नेपाली संस्थाकी उपाध्यक्ष उमा तमाङ्गले जानकारी दिनु भयो । उपाध्यक्ष तमाङ्गले गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गिरीलाई उक्त समाग्री हस्तान्तरण गर्नु भयो । राजनिती, धर्म, जाती, तथा वर्गबाट स्वतन्त्र भई नेपलामा करिब १ वर्ष देखी समास्यामा परेका एवं प्रभावितलाई सहयोग गर्ने उद्धेश्यको साथ नेपालमा काम गर्दै आएको हामी नेपाली संस्थाले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रत्यक्ष मारमा नागरिकहरु परेका छन । विषम परिस्थतीमा क्वारेन्टिनमा बस्ने महिलालाई लक्षित गरि समाग्रीहरु प्रदान गरिएको उपाध्यक्ष तामाङ्गले जानकारी दिनु भयो । अत्यवश्यक सामान वितरण कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा लगायत संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । महिला क्वारेन्टिनमा बस्ने महिलाहरुका लागी प्रयोगमा आउने अत्यावश्यक स्वास्थ्य सामाग्री मास्क, सेनिटाइजर, सावुन, जुत्ता, झोला लगायत आवश्यक सामाग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।