+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँके प्रशासनले आगामी आईतबारदेखि पुनः लकडाउन गर्ने

बर्दिया न्युज
२०७७ श्रावण १५, बिहीबार

बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खोलेसगैं नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि लकडाउन गर्ने प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
‘आईतबारदेखि कडा लकडाउन हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ’ प्रजिअ कुरुम्वाङले भने –‘बाँकेमा कोरोनाको फेरी भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो । पहिलोपटक चार दिनलाई लकडाउन गरिने र अवस्था हेरेर हेरफर गरिनेछ ।’

राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालय १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो ।

सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् । साभार: सेतोखरी

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ