+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वडा अध्यक्ष सहित १३ जनामा कोरोना संक्रमण पुष्टि,जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा निषेधाज्ञा जारी

बर्दिया न्युज
२०७७ श्रावण २२, बिहीबार

बर्दिया बासगढी नगरपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडाअध्यक्षसहित विहीबार बर्दियाका १३ जनाालाई भाइरस संक्रमण पुष्टि भएको हो । बासगढीका मेयर शालिकराम अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिएअनुसार कोरोना संक्रमण पुष्टि भएकामध्ये दुई जना बासगढीका बैंकका कर्मचारीसमेत हुनुहुन्छ ।उहाँका अनुसार, संक्रमितहरुमा लक्षण देखिएको छैन् ।

योसँगै बर्दियामा अहिलेसम्म २ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । बर्दियामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यराति १२ बजेसम्म ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ