+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो।

बर्दिया न्युज
२०७७ श्रावण २४, शनिबार

नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको हो । यसैगरी पर्साकै ८९ वर्षीय पुरुष, पर्सा-११ का ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी शुक्रबार नै सिरहा गोलबजारका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ