+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँके कोरोनाको उच्च जोखिममा, ४६ जनामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ श्रावण २५, आईतवार

बाँकेमा आज पनि ४६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिएका हुन ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक सहित ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल आएर बाँके कोरोनाको उच्च जोखिम जिल्लाको रुपमा हेरिएको बिज्ञहरुको धारणा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ