बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । भने तीमध्ये ४ सय ५ जना उपचारपछि घर फर्किसकेका छन् । हालसम्म बाँकेमा कोराना संक्रमण बाट ३ जनाको मृत्यु भएको छ ।