+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियाका ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय नाघ्यो

बर्दिया न्युज
२०७७ भाद्र १, सोमबार

बर्दियाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न पालिकामा रहेको व्यक्तिहरुको स्वाँब संकलन गरि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । सोमबार भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा गुलरिया नगरपालिकाका २ जना, बारबर्दिया नगरपालिकाका १ जना, ठाकुरबाबा नगरपालिकाका ४ जना र गेरुवा गाउँपालिकाका २ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसंगै बर्दियामा कोरोना संक्रमणको संख्या ३ सय १ पुगेको छ । जसमध्ये २ सय ४६ जना निको भएर घर फर्कि सकेका छन् भने ५५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ