बर्दियाको गुलरियामा निर्माण गर्न लागिएको आइसुलेशन कक्षका लागी आवश्यक समाग्री हस्तान्तरण गरिएको छ । दलित महिला उत्थान संघ बर्दियाले लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा आईसोलेसन कक्ष संचालनका लागि विभिन्न आवश्यक सामाग्री उपलब्ध गराएको हो । संघले बर्दिया प्रशासन अन्तर्गत रहेको बिपद व्यबस्थापन तथा संकट व्यबसथापन समितिलाई सामाग्री उपलब्ध गराइएकोे संघकी कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी दिनुभयो ।
निर्माण गर्न लागिएको आइसोलेसनमा आवश्यक सामाग्री संघकी अध्यक्ष खिमा बिकले विपदु व्यावस्थापन समितीको संयोजक तथा प्रमुख जिल्ला अधिकारीलाई हस्तारन्तर गर्नु भएको हो । २८ वटा बेड (म्याटरिस, तन्ना, सिरानी सहितको) सोही संख्यामा साइड टेबल लकर, ३० वटा पिपिइ, १ सय वटा एन९५ मास्क, १ सय वटा सेनिटाइजर लगायत समाग्री हस्तान्तरणमा गरिएको कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी दिनुभयो ।
प्रजिअ अधिकारीले संघकोे हातेमालोले कोरोना संक्रमित निर्माणार्थ आइसुलेशन कक्षका लागी सहयोग पुग्ने बताउनु भयो । आईसोलेसन कक्ष संचालनमा ल्याउन सवैको सहयोगको आवश्यक रहेको बताउँदै उहाँले विभिन्न सहयोगी निकायको समेत सहयोग जरुरी रहेकोमा जोड दिनु भयो । यस भन्दा पहिले पनि दलित महिला उत्थान संघ बर्दियाले जिल्लाको विभिन्न पालिकाका क्वारेन्टिनका लागी आवश्यक स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । भने गुलरियामा रहेको महिला क्वारेन्टिनका लागी पनि समाग्री हस्तान्तरण गरेको थियो । हाल नयाँ बन्न लागेको आइसुलेशन कक्षका लागी दिइएको समाग्रीले कोरोना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा संस्थाले राखेको दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा विकले बताउनु भयो ।