कैलालीमा सञ्चार गृहमाथि आक्रमण गदैै पत्रकार माथि कुटपिट गर्नेलाई कारवाहीको माग गरिएको छ । दिनेश सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ बर्दियाको अगुवाईमा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु साथ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत गृह मन्त्रालय पुग्ने गरि ज्ञापनपत्र हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द्र धितालले बताए। नेपालमा कानुनी राज्यमा पनि कसैलाई विचार राख्ने क्रममा आक्रमण् हुनु तथा कुटपिटका घटना हुन निन्दनिय भएको बर्दियका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ज्ञापन पत्र बुझदै प्रजिअ अधिकारीले सो ज्ञापन पत्र तत्काल सम्बन्धित निकायलाई पठाइने प्रतिबद्धता व्यक्त गरेका छन ।
समाचारकै विषयलाई लिएर सञ्चार गृह र पत्रकारमाथि भौतिक आक्रमण हुनु निन्दनीय र खेदजनक भएको, आक्रमणकारिलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने पत्रकार महासंघ बर्दियाका अध्यक्षा धिताले बताए। ‘‘कोरोना कहरमा आफ्नो पेशागत दायित्व पूरा गरिरहेका पत्रकारलाई कानूनको धज्जी उडाउँदै आक्रमण गर्ने जो कोहीलाई पनि छुट हुन नहुने बर्दियाका पत्रकार दीपकलाल श्रेष्ठले बताए । पत्रकारमाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको प्रहार भएको र प्रेस स्वतन्त्रता रहे मात्रै लोकतन्त्र रहने भएकाले यस्ता घटनाले लोकतन्त्रमाथि प्रश्न चिन्ह खडा हुने हुदा कानूनी दायरामा रही आफ्नो दायित्व पुरा गरिरहेका बेला भएको आक्रमणको भत्सर्ना गर्दै आक्रमणकारीलाई कारवाहिको लागि सबै संचारकर्मीको माग रहेको श्रेष्ठले बताए । केहि दिन अघि मात्र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा थुनावामा रहेका धनगढीका १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको समाचारको विषयलाई लिएर उनीहरुले संचार गृहलाई आक्रमण गरी पत्रकारमाथि समेत कुटपिट गरेका थिए।