+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाइप वडा अध्यक्ष सुनारले जबर्जस्ती लगेको आरोप

बर्दिया न्युज
२०७७ आश्विन १५, बिहीबार

कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मधुवनको हिम पाइप मधुवन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त  बहादुर सुनारले जबर्जस्ती लिएर गएको आरोप उपभोक्ता समितिका अध्यक्ष नर बहादुर खड्काले लगाएका छन् ।                                                                   खानेपानी उपभोक्ता समितिको लागि राखेको ३२ एम.एम. को हेम पाइप वडा अध्यक्ष सुनारले स्थानीय सरकारको आदेश हो भन्दै जबर्जस्ती पाइप उठाएर लगेको समितिका अध्यक्ष खड्काले आरोप लगाएका हुन् ।                                          उपभोक्ता समितिका अध्यक्षले समितिको लागि राखिएको पाइप यसरी दादागिरी रुपमा वडा अध्यक्ष सुनारले लगेपछि छलफल गर्न समितिका पदाधिकारी, नगरप्रमुख र अध्यक्ष सुनारलाई छलफलका लागि बोलाएता पनि वडा अध्यक्ष भक्त बहादुर सुनार छ्लफलमा उपस्थिति नभएको समितिका अध्यक्ष नर बहादुर खड्काले बताए । समितिका अध्यक्ष खडकाले यशभन्दा अगाडि पनि समितिको पाइप हराएको आरोप लगाएका छन् । र हराएका पाइप हरुको खोजी गरिदिन संचारकर्मीलाई आग्रह पनि गरेका छन् । सोही बिषयमा वडा अध्यक्ष सुनारलाई सोधपुछ गर्दा समितिका अध्यक्ष खड्कासङ्ग समन्वय गरेर आफुले पाइप लगेको बताएका छन् । यसरी जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै खानेपानी लाइन बिस्तारको लागि राखिएको पाइप वडा अध्यक्ष सुनारले दादागिरी रुपमा आफनो वडा र आफ्ना नजिकका कार्यकर्ताका लागि बाड्नु कतिको जायज छ ? भन्दै यसको छानबिन हुनुपर्ने स्थानीयको माग रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ