+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोती घटना मानवता बिरुद्वकाे अपराध : काँग्रेस नेता शाह

बर्दिया न्युज
२०७७ आश्विन २२, बिहीबार

नेपाली काँग्रेसका प्रभावशाली नेता राजिबबिक्रम शाहले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटना मानवता बिरुद्वकाे अपराध भएकाे बताएका छन । प्रजातान्त्रिक महासंघ नेपाल कर्णाली प्रदेश समितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता शाहले यस्ताे बताएका हुन् । प्रजातान्त्रिक महासंघ नेपाल सुचना तथा संचार बिभागका केन्द्रीय संयाेजक राेजी ढकाल पराजुलीकाे अध्यक्षतामा अायाेजित पत्रकार सम्मेलनमा उनले पीडितले उच्च अदालत सुर्खेतमा गरेको खबरदारी कार्यक्रममा ऐक्यवद्धता जनाउदै पीडितलाई न्याय दिन र अपराधिलाई कानुनि सजाय दिन माग गरे । बिहीबार पीडित परिवार र दलित अधिकारकर्मीहरूले उच्च अदालत सुर्खेत अगाडि गरेको खबरदारी कार्यक्रममा नेता शाह पनि सहभागी भएर ऐक्यवद्धता पनि जनाएका छन ।
उक्त खबरदारी कार्यक्रममा बोल्दै शाहले भने, अहिले पीडित परिवार न्यायका लागि भौतारिरहेका छन । ‘पीडकलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ पिडक भनिएकालाई पछिल्लो समय धरौटीमा छोड्ने चलन स्थापित हुँदै गएको उनको भनाइ छ । ‘घटनामा संलग्न भनिएकालाई धरौटीमा छोड्ने नजिर बसाउनु हुँदैन,’ उनी भन्छन्, ‘जसले गर्दा पिडकले चलखेल गर्ने ठूलो मौका पाउँछ र पीडित न्याय पाउनबाट वञ्चित हुन्छ ।’ कार्यक्रममा नेपाल प्रेस युनियनका नेता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रजातान्त्रिक महासंघ सुचना तथा संचार बिभागकाे प्रदेश संयाेजकमा मनाेनित पत्रकार बिष्णु न्याैपानेलाई बधाई दिदै बिभाग गठनकाे सुरुवातमै नागरिककाे पक्षमा वकालत गर्न सुरुवात गरेकाे बताए । उनले समाजमा हुने सबै किसिमका बिकृतिहरुका बिरुद्वमा अावाज उठाउदै समाजमा प्रजातान्त्रिक बिचारकाे बिस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रजातान्त्रिक महासंघ नेपाल सुचना तथा संचार बिभागका केन्द्रीय संयाेजक राेजि ढकाल पराजुलीले काँग्रेस भित्र रहेकाे गुडबन्दीकाे अन्त्य र प्रजातान्त्रिक बिचारकाे प्रवर्द्वन गर्न प्रजातान्त्रिक महासंघ नेपालकाे स्थापना भएकाे बताईन । कार्यक्रममा प्रजातान्त्रिक महासंघ नेपाल सुचना तथा संचार बिभागका कर्णाली प्रदेश संयाेजक बिष्णु न्याैपानेले कर्णालीमा प्रजातान्त्रिक बिचारकाे प्रवर्द्वनका साथै सामाजिक अपराधका बिरुद्व अभियान थालिने बताए । उनले रुकुम साेती घटना निन्दनिय भएकाे बताउदै अपराधिलाई कानुन बमाेजिम कारबाही गरिनुपर्ने बताए । कार्यक्रममा सुर्खेत स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकार, अधिकारकर्मी, नेविसंघ, तरुण दल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ