बर्दिया जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा प्रगतीशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदमा काशीराम चौधरीले ४९ मत प्राप्त गरी विजयी भएका छन् । विजय पश्चात संक्षिप्त प्रतिक्रिया दिने क्रममा आफ्नो विजय सम्पूर्ण कानून ब्यवसायीको विजय भएकाले सबैलाई एकताबद्ध गरी अघि बढ्ने नवनिर्वाचित अध्यक्ष काशीराम चौधरीले प्रतिवद्धता ब्यक्त गरेका छन् । विधिको शासन, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका र पेशागत हकहितका लागी बारएशोसियसन बर्दियाले सवैलाई अगाडी बढाउने अध्यक्ष चौधरीले बताए ।
उनका प्रतिद्वन्दी निर्मल सिग्देलले ३१ मत प्राप्त गरे । प्रजातान्त्रिक प्यानलबाट क्रमशः उपाध्यक्षमा उदयमणी आचार्य ४६ मत, सचिवमा लक्ष्मी नेपाल ४८ मत, कोषाध्यक्षमा कमलप्रसाद गुप्ता ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक राधेश्याम चौधरीले जानकारी दिए । प्रगतीशील प्यानलबाट क्रमशः उपाध्यक्ष पदमा देवीराम भण्डारी ३५ मत, सचिव रमेश चौधरी ३३ मत, कोषाध्यक्ष विन्दु जि.सीले ३६ मत प्राप्त गरेका छन् ।
सदस्य पदमा प्रजातान्त्रिक प्यानलबाट गोपाल रेग्मी ४५ मत, विश्वनाथ श्रेष्ठ ४२, धर्मराज घर्ती ४२, सुरत बहादुर चौधरी ४७, जीवन कुमार शर्मा ४०, बृजमोहन चौधरी ४२, रविन्द्रनाथ चौधरी ४१, गोविन्द प्रसाद खनाल ४० र गोपाल पोख्रेलले ४१ मत प्राप्त गरी विजयी भएका हुन् । पार्षदहरुमा प्रातान्त्रिक प्यानलकै देवीदत्त देवकोटा ४९, होमप्रसाद न्यौपाने ४७, दिवाकर शर्मा खनाल ४६, शैलेन्द्रकुमार गुप्ता ४४ र ईतवारी चौधरी ४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक चौधरीले बताए । बर्दिया बारको कुल ८७ मत मध्ये ८१ मत खसेको थियो ।