+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यकामा १८८८ सहित देशभर ३५१७ जना संक्रमित थपिए

बर्दिया न्युज
२०७७ कार्तिक १४, शुक्रबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८८८ सहित देशभर थप ३ हजार ५१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार महिला १ हजार ३६१ र पुरुष २ हजार १५६ जना गरी जम्मा ३ हजार ५१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितकेो २४ घण्टामा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण भएको थियो भने यससँगै हालसम्म कुल पीसीआर परीक्षण १४ लाख ३४ हजार ५३ जना पुगेको छ ।

जसमा १ लाख ६८ हजार २३५ जनामा पोजेटिभ देखिएकोमा शुक्रबार थप ४ हजार ९६ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख २८हजार ९५८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । थप १६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ