+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिबन्धित मदिरा विक्रि वितरणमा बृद्धि, प्रहरी प्रशासनको ध्यान गोरु र केराउमा

बर्दिया न्युज
२०७७ पुष १६, बिहीबार

गुलरिया नगरपालिका क्षेत्र भित्र अहिले होटल व्यवसाय बृद्धि भएसँगै प्रतिबन्धित मदिरा विक्रि वितरणमा बृद्धि भएको छ ।

सरकारले घरमै बनाएको मदिरा (लोकल रक्सी) विक्रि वितरणमा रोक लगाएकोमा सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिँदा विक्रि वितरणमा बृद्धि भएको देखिन्छ ।

घरपालु मदिरा विभिन्न किसिमका रासायन,विषाधि र खाद्य पदार्थहरुलाई सडायर बनाईने भएको हुँदा स्वास्थ्य लाई बढी हानि नोक्सानी गर्ने र कम मूल्यमा पाईने भएकाले कम उमेरका र मेहनत मजदुरी गर्नेहरु लगायतले दिनहुँ खाई झै–झगडा, हो–हल्ला गर्ने भएकाले शान्ति सुरक्षा कायम गर्न सरकारले सो मदिरा प्रतिबंद गरेको आम नागरिकहरु को बझाई छ ।

सांकेतिक तस्विर

तर विगत केहि महिना देखि प्रहरी प्रशासनको ध्यान गोरु, केराउ, बेवारिसे समान र अवैध समान बरामद गर्न तर्फ मात्र जाँदा प्रतिबंद मदिरा विक्रिवितरणमा बृद्धि भएको कुरा गुलरियाका ४ का एक स्थानियबासीले नाम नबताउने शर्तमा बताए । उनले जिल्ला प्रहरी कार्यालयले जनभावना अनुसार काम नगरी आफु खुसी गरी शान्ति सुरक्षामा लापरवाही गरिरहेको आरोप लगाउँदै, केहि दिन अघि राति साढे १० बजेको समयमा डि जे लाउड स्पिकरमा गित बजाउँदा आफुहरु लगायतलाई डिस्र्टब भएकोले जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा फोन गरी बन्द गराउन अनुरोध गर्दा जवाफमा साउन्ड सानो गरी बजाउँन भनिदिन्छम भनि आएको बताए ।

गुलरियाबासी नन्दकिशोर गोडियाले एक पत्रकार मार्फत एक होटल व्यवसायीले आफ्नै घरमा मदिरा तयार गरी होटलमा ल्याई अवैधरुपमा विक्रि वितरण गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालयका डि एस पी योगेन्द्र कुमार खड्काको ९८५८०२७२९९ मा फोन गरी जानकारी गराउँदा समेत डि एस पी खड्काले उक्त होटलमा छानविन गर्न जाने नजाने आफुहरु अन्तरगत रहेको बताउँदै पत्रकारलाई समेत तपाई आफ्नो काम गर्नुस् भनि ठाडो जवाफ दिएका छन् । सो जवाफले भोलिका दिनमा डि एस पी माथि विभिन्न किसिमका आशंकाहरु उत्पन्न हुने देखिन्छ ।

घरमा बनाएको मदिराले कम्पनीका मदिराहरु विक्रि वितरणमा केही कमि आएकोले जिल्ला प्रहरी कार्यालयले बर्दियामै प्रतिबन्धित मदिरा विक्रि वितरणमा रोक लगाउन अभियान चलाउनु पर्ने कुरा एक होटल व्यापारीले बताए ।

यसै गरी एक शिक्षक विनोद कुमार भन्छन् “मलाई त लाग्छ प्रहरीको ध्यान गोरु र केराउ जस्तो कुरामा मात्र छ, किनकी एक किसानले गोरु ल्याउँछ प्रहरीले पक्रन्छ, घर खान मजदुरले सस्तो पाई २ किलो केराउ ल्याउँछ प्रहरीले नियन्त्रणमा लिई भन्सार पठाउँछ आखिर किन प्रहरीद्धारा किसान माथि अन्याय ? प्रहरीले तस्करी गर्नेहरुलाई नियन्त्रण गरोस् न । सोझा साझा किसानलाई मात्र किन ? कहाँ बाट अवैध समान भित्रिन्छन् अनुसन्धान गरोस, तस्करी हुने स–साना सिमाहरुमा सुरक्षा बढाओस् अनि पो प्रहरी प्रशंसनीय हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ