+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सैन्य कूको निन्दा, म्यान्मारविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी

बर्दिया न्युज
२०७७ माघ २०, मंगलवार

संयुक्त राष्ट्रसङ्घ, अमेरिका र यूकेले म्यान्मारको सैन्य कूको निन्दा गरेका छन्।

सेनाले सोमवार राष्ट्रपति र नेत्री आङ सान सू चीसहित नागरिक नेताहरूलाई नियन्त्रणमा लिएर देशमा सङ्कटकाल घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारविरुद्ध पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। गत दशकमा म्यान्मारमा प्रजातन्त्र स्थापना भएपछि अमेरिकाले प्रतिबन्धहरू फिर्ता लिएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिवले सेनाको कदम “प्रजातान्त्रिक सुधारका लागि गम्भीर प्रहार” भएको टिप्पणी गरेका छन्।

राष्ट्रसङ्घले पक्राउ परेका कम्तीमा ४५ जनालाई मुक्त गर्न माग गरेको छ।

यूकेका प्रधानमन्त्रीले सू चीको गिरफ्तारीलाई “अवैधानिक” भनेका छन्।

ईयूका नेताहरूले पनि सेनाको कदमको निन्दा गरेका छन्।

चीनले सबै पक्षलाई आफ्ना मतभिन्नता समाधान गर्न आग्रह गरेको छ।

साभारः बिबिसी नेपाल

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ