+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारद्धारा ७७ वटै जिल्लामा भूमि आयोग गठन

बर्दिया न्युज
२०७७ माघ २०, मंगलवार

बर्दिया

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति गठन गरेको छ ।
भूमिहीनहरुलाई जग्गा वितरण गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को उपदफा (१) बमोजिम जिल्ला समिति गठन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
संविधान विगठन पछि सरकारले ७७ वटै जिल्लामा गत माघ १५ गते जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य मनोनयन गरिएको स्रोतले जनाएको छ ।
केन्द्रमा देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग क्रियाशील छ । जिल्ला समितिमा सबै नै नेकपाको प्रधानमन्त्री ओली समर्थकका नेता तथा कार्यकर्तालाई जिम्मा दिइएको छ ।
बर्दियामा गठन भएको भूमि आयोगको अध्यक्षमा भीम बहादुर केसी, विज्ञमा नुतन कुमार चौधरी र सदस्यमा भक्त बहादुर विश्वकर्मा चयन भएको समेत स्रोतले जानकारी दिएको छ ।
सरकार निर्वाचनमा जाने घोषणा गरेर अगाडि बढेको बेला आयोगको जिल्ला समितिले पूर्णता पाएको आम नागरिकहरुको बुझाई रहेको पाईन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ