+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनभावना अनुसार काम गरेको छु – वडाध्यक्ष राना

बर्दिया न्युज
२०७७ माघ २८, बुधबार

बर्दिया, मधुवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विजय कुमार रानाले आफु जनभावना अनुसार काम गर्दै अघिबढिरहेको बताउनु भयो ।

वडाध्यक्ष रानाले भन्नुभयो, मलाई जनताले चुनेका हुन्, मेरो हरेक कदममा जनसहभागिता रहेको छ र विकास निर्माण कुनै एक व्यक्ति, पार्टीले गर्न सक्दैन् त्यसैले म वडामा कुनैपनि प्रकारको कार्य वा विकास निर्माणको काम गर्दा सबै वडावासीहरुको सल्लाह, सुझावलाई लिएर अघि बढ्ने गरेको छु ।

आफुले कुनै एक पार्टीबाट चुनावमा जित हासिल गरे पनि निर्वाचित भएको दिनदेखि हाल सम्म पार्टीगत तरिकामा नगई सम्पूर्ण वडावासीहरुलाई समेटी जनभावना अनुसार विकास निर्माणको कामगरेको कुरा वडा अध्यक्ष रानाले जानकारी गराउनु भयो ।

रानाका अनुसार आफ्नो वडा मात्र नभई मधुवन नगरपालिकाको विकास निर्माणमा समेत आपूm पूर्ण रुपमा प्रतिबद्ध रहि काम गरेको र आफ्नो वडाका सम्पूर्ण वडावासीहरु आफु प्रति सकारात्मक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ