नेपाली काँग्रेस बर्दियाले सडकमाथि राजनीति गर्न थालेको छ । बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ स्थित मातंगी देवि चोकलाई हटाएर बिपि चोक नामांकरण गर्दै नेपाली काँग्रेस बर्दियाले सडक तथा चोकमाथि राजनीति गर्न थालेको हो ।
सबैको आस्थाको रुपमा रहेकाे मातंगी देवि मन्दिर नजिकै बर्षो देखि मातंगी देवि चोकको नामले परिचिय रहेको यस चोकलाई नेपाली काँग्रेसले एकाएक विपि चोक नामांकरण गर्ने निर्णय गरेको उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
नेपाली काँग्रेसले विरोध र्याली गर्दै कार्यकर्ता जम्मा गरेर विगठित संघिय सांसद एवं बर्दिया जिल्लाका सभापति संजय गौतमले आफ्नो संसद विकास कोषको रकमबाट सोमबार विपिको सालिक निर्माण गर्ने गरी शिलन्यास कार्यक्रम राखेपछि स्थानीय र नेपाली काँग्रेसका कार्यकर्ता बीच सोमबार तनाव उत्पन्न भएको थियो । स्थानीयले परम्परा देखि नै कायम रहेको मातंगी देवि चोक नै रहनुपर्ने अडान लिएका छन् । स्थानीय मुस्लिम धर्म मान्ने ब्यक्तिले जग्गा दान गरेर मातंगी देवि मन्दिरको स्थापना भएको हो । स्थानीय मुस्लिम समुदायका ब्यक्तिले समेत मातंगी देवि चोक हुनुपर्छ भनेर विरोध जनाईरहेका छन् । मातंगी देवि टोलमा सडक र नालीको भौतिम पुर्वाधार निर्माण गर्नु पर्ने ठाउमा नेताको नाममा शालिक राखिन लागेकोले पनि टोलबासी आक्रासित भएका छन ।
कुनै पनि हालतमा विपि चोक नामांकरण हुन नदिने स्थानीयको माग रहेको छ । विरोध कार्यक्रमको नेतृत्व स्थानिय समाजसेवी तथा उद्योगि अशोक खड्काले गरेका छन । जवरजस्ती विपि चोक नामांकरण गरेमा जुनसुकै चुनौतिको सामना गर्ने खड्काले बताएका छन् । सोमबार नै स्थानीयले मातंगी चोकको शिलन्यास गरेका छन भने नेपाली काँग्रेसले पनि विपिको शालिक निर्माणको शिलन्यास गरेको छ ।
भिडियाे