+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दिया जिल्लामा एक साताका लागि निषेधआज्ञा

बर्दिया न्युज
२०७८ बैशाख १२, आईतवार

बर्दिया जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न सोमबार देखि एक साताका लागि निषेधआज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न बैशाख १३ गते देखि १९ गते सम्म एक हप्ताका लागि निषेधआज्ञा जारी गरेको हो ।

छिमेकी जिल्ला बाँकेमा कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको असर बर्दिया जिल्लामा पनि पर्न सक्ने भन्दै निषेधआज्ञा बन्दाबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो ।
निषेधआज्ञा अवधिभर स्वास्थ्यका मापदण्डको पालना गरी अत्यावश्यक सेवा र विकास निर्माणका कार्य वाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको छ ।

काेराेना संक्रमणकाे दाेस्राे लहर सुरु भए पछी बर्दिया जिल्लामा ६ जनाकाे मृत्यु भएकाे छ भने २७७ जना संक्रमीत भएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ