पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ सय २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ३९ जनाको मृत्यु भएको थियो ।