फेरि पनि प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ आज लिँदै छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (३)अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनीयताको सपथ लिँदै छन् ।