बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट खचकपुरकी ३७ वर्षीया चन्द्रा वि.क र उनकी तीन बर्षिय छोरी दिपिका बि.क.को ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सोमबार राती ९ बजेको समयमा आमा छोरीआफ्नो घरमा बसी रहेको अवस्थामा निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले आक्रमण गरी सुडमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगेर मारेको हो। हात्तीको आक्रमणबाट आमा चन्द्राको घटनास्थलमा ज्यान गएको हो भने गम्भिर घाईते उनकी छोरी दीपिका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।