बर्दियामा नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरि ओसारपसार गरेको अभियोगमा जेसीबी, ट्रिप्पर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बारबर्दिया नगरपालिका–२ लठुवाघाट स्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिइ कार्वाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।