+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते, घाइतेको अवस्था गम्भीर

बर्दिया न्युज
२०७८ जेष्ठ १९, बुधबार

हरिवंश पाण्डे,
बर्दियामा मिनी ट्रकको ठक्करबाट आज एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
कैलालीबाट काठमाडौं खसी लिएर गइरहेको सु. प.प. ०१-००१- ख २४३२ नम्बरको मिनी ट्रकले बर्दियाको ठाकुरबाबा नगरपालिका बलाति नजिक ठाकुरबाबा नगरपालिका ९, हात्तीसार निवासि पूर्ण बहादुर खड्काले चलाइरहेको भे ७ प ७००५ नम्बरको मोटराइकललाई ठक्कर दिदा मोटरसइकल चालक खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बहानाह भुरीगाँउका प्रमुख प्रदीपराज रोकाएले जानकारी दिएका छन् ।
घाइते खड्काको भुरीगाँउ स्थित ठाकुरबाबा अस्पतालमा उपचार भइरहेको र अवस्था जटिल रहेकोले नेपालगञ्ज लैजाने तयारी भइरहेको आफन्त शुशिल मगरले बताएका छन्।भने मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भुरीगाँउमा राखिएको र अनुसन्धानपछि कारवाही प्रक्रिया अगाडी बढाउने ईलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ