+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भेरी अस्पताललाई पी.सी.आर. मेसिन सहयोग

बर्दिया न्युज
२०७८ जेष्ठ २३, आईतवार

बाँकेको भेरी अस्पताललाई कोभिड परीक्षण गर्ने मेसिन सहयोग गरिएको छ।
कोभिड महामारीमा देशकै सुदुरपशचिम, लुम्वीनी र कर्णाली प्रदेश लगाएतका जिल्लाहरूका कोभिड बिरामीको परीक्षण र उपचारमा महतत्वपूर्ण भूमिका निर्वाह गरेको भेरी अस्पताल नेपालगन्जलाई USAID स्वास्थ्यका लागि सक्षम प्रणाली (SSBH) ले PCR मेसिन सहयोग गरेको हो। एक पटकमा ९६ वटा सम्म स्याम्पल जाँच गर्ने सक्ने उक्त मेसिन आज एक कार्यक्रमका बीच अस्पतालका मेडिकल सुपिटेन्डेन्ट डा. प्रकाश थापालाई हस्तान्तरण गरिएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
यो सँगै अब भेरीमा २ वटा कोभिड परीक्षण PCR मेसिन भएको छ । अबका दिनमा परीक्षण संख्या दोब्बर गर्न सकिने र छिटो नतिजा आउने भएकोले कोभिड व्यवस्थापन सजिलो हुने श्रेष्ठ बताउँछन्।
कोभिड परीक्षण मेसिन सहयोग गर्ने USAID /SSBH टीम सुलभ आचार्य प्रति अस्पताल परिवारले हार्दिक धन्यबाद दिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ