तीमध्ये ५,५८४एन्टिजन परीक्षण हो जसबाट १,०४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
थप ५,२२५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
भारतमा लगाचार चौथो दिन एक लाखभन्दा कम सङ्क्रमण
बीबीसी हिन्दीका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रवार बिहानको विवरणअनुसार विगत २४ घण्टामा त्यहाँ ९१ हजार ७ सय २ नयाँ सङ्क्रमण पाइएको छ।
त्यहाँ दैनिक सङ्क्रमणको सङ्ख्या एक लाखभन्दा तल देखा परेको यो चौथो दिन हो।
त्यस अवधिमा भारतमा कुल ३ हजार ४ सय २ जनाको कोभिडका कारण निधन भएको थियो।
भारतमा हाल ११ लाख भन्दा बढी सङ्क्रिय सङ्क्रमित रहेका छन्।
बिहीवार साँझसम्ममा भारतमा २४ करोड ६० लाखभन्दा बढीले कोरोनाभाइरसविरुद्ध खोप लगाइसकेका छन्।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
श्राेतः बिबिसी अनलाइन www.bbc.com/nepali