+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गर्भवती र सुत्केरी महिलालाई अण्डा वितरण

बर्दिया न्युज
२०७८ जेष्ठ ३१, सोमबार

ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ ले आफ्नो वार्ड भित्र रहेका सुत्केरी तथा गर्भवती महिलालाईअण्डा वितरण गरेको छ।
आज एक विशेष कार्यक्रमका बिच ठाकुरबाबा नगरपालिकाको बहुक्षेत्रिय स्वास्थ्य पोषण कार्यक्रम अन्तरगत सुत्केरी तथा गर्भवति महिलालाई घर नजिकका विभिन्न स्थानबाट १ सय ३८ जना सुत्केरी गर्भवती महिलालाई अण्डा वितरण गरिएको हो।
यस आर्थिक वर्ष भित्रमा ९ नम्बर वार्ड भित्रका सुत्केरी महिला तथा हाल गर्भवती रहेका महिला गरेर जम्मा १ सय ३८ जना महिलाहरुलाई जनही ७६ वटाका दरले अण्डा वितरण गरिएको वडा अध्यक्ष राधा चौधरीले जानकारी दिइन।
शिशु र आमाको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै थोरै मात्रामा भए पनि सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष चौधरीले बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ