ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ ले वार्ड भित्र रहेर स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष संलग्न रही स्वास्थ्य सेवा प्रदान गर्ने महिला सामुदायिक स्वयम सेविकालाई साइकल वितरण गरेको छ ।
ठाकुरबाबा नगरपालिका ७ नम्बर वडा स्तरीय आयोजना अन्तरगत ७ नम्बर वार्डले आज एक कार्यक्रमका बीच ८ जना महिला स्वास्थ स्वयंसेविकालाई वडा अध्यक्ष पदम खड्काले साइकल वितरण गर्नु भएको हो। साइकल हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले स्वयंसेविकाको सेवालाई थप प्रभावकारी र सबैको पहुँचमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले महिला स्वयंसेविकालाई साइकल वितरण गरिएको बताए।
यसै बीच सुत्केरी तथा गर्भवती महिलालाई क्याल्सियम चक्की पनि वितरण गरिएको छ। एक हजार दिने आमाको पोषणका लागी वडा भित्र रहेका सुत्केरी गर्भवती महिलालाई क्याल्सियम चक्की वितरण गरिएको हो। सो कार्यक्रममा १५ हजार चक्की क्याल्सियम बितरण गरिएको वडा अध्यक्ष पदम खड्काले जानकारी गराए।