+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यार्थीद्धारा गूरुलाई साइकल उपहार

बर्दिया न्युज
२०७८ श्रावण ११, सोमबार

बर्दिया, चुरे माध्यामिक विद्यालय बगनाहाका पूर्व विद्यार्थीद्धारा गुरुपूर्णिमाको अवसरमा आफ्ना गुरुलाई उच्च सम्मान गर्दै साइकल उपहार दिएका छन्।
ठाकुरबाबा नगरपालिका बगानाहमा रहेको चुरे माध्यामिक बिद्यालयमा लामो समय सम्म प्रधानध्यापक रहनुभएका शिक्षक कृष्ण प्रसाद पौड्याललाई गुरु पूर्णिमाको अवसरमा चुरे पूर्व विद्यार्थी परिवारका सदस्यहरूले शिक्षक पौड्यालको निवास बर्गदमा गई गुरुको सम्मान स्वरुप मिठाइ खुवाई साइकल उपहार दिएका हुन्।


हाल निवृत्त जीवन निर्वाह गर्दै आउनु भएका शिक्षक पौड्याल यस क्षेत्रको शैक्षिक क्षेत्रका एक उदाहरणीय वक्तित्व हुनुहुन्छ। सरल जीवन निर्वाह पहिचान बनाउनु भएका शिक्षकले आफ्नो शिक्षण समयावधि निशुल्क गृह टियुसन समेत संचालन गरेर शिक्षा प्रदान गरेको स्मरण गर्दै पूर्व विद्यार्थी अनिल पौडयाल बताउँछन।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ