विगत एक वर्ष देखि कोभिडका कारण विश्व करिब तहस नहस अवस्थामा छ । कोभिडकै कारण अर्थतन्त्र डामाडोल भएको छ । कोरोनाले हरेक क्षेत्र थला परेका छन् । अपवादमा कोही कुनै पेशा जसोतसो गुजारा भएता पनि अधिकांस पेशा व्यवसाय थला परेको छ । त्यस मध्येको एउटा पेशा हो नेचर गाइड अर्थात प्रकृति पथ प्रदर्शक ! विभिन्न क्षेत्रमा आगन्तुक पाहुनालाई घुमाएर, डुलाएर र सबन्धित क्षेत्रको बारेमा जानकारी गराउने कार्य गर्दछन् नेचर गाइडले । पश्चिम नेपालको पर्यटकिय क्षेत्र ठाकुरद्वारामा यो पेशा अपनाउनेको सङ्ख्या धेरै छ । उनीहरूको मुख्य पेशा भनेको आन्तरिक तथा वाहृय पर्यटकलाई गाइडको रुपमा काम गर्नु हो । बन्दाबन्दि तथा निशेधाज्ञाको समय र परिस्थिले पर्यटक आवागमन ठप्प भए पछि गाइड पनि थला परेका हुन् । आज हामी बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा वरीपरीमा रहेर नेचर गाइडको रुपमा काम गर्दै आएका केही नेचर गाइड सग अहिलेको परिस्थितिमा रहेर नेचर गईडको अवस्था कस्तो छ? उनिहरु अहिले के गदै छन? आफ्नो पेशाको रक्षार्थ सरकारसंग के आस गरेका छन जस्ता प्रश्न समेटेर कुरा गरेका छौं । नेचर गाइड सग गरिएको कुरामा आधारित उनीहरूको अभिव्यक्ति यहाँ प्रस्तुत गरेका छौ ः
आधुनिकता अनि भौतिकता र कोलाहाल बाट आक्रान्त भएका, अतिथी हरुलाई प्रकृतिको सुसज्जित, सौन्दर्यता र हार्दिकता सम्म पुग्ने माध्यम बनेका हामीहरु आज एकाएक शिथिल भएर पल्टिरहेका छौ ं। जुन रुपमा राज्यका निकायहरुले हाम्रो लागि केही सोचिदिएको भए यो पेसालाई छोडेर जान आतुर भएका तमाम साथीहरुलाई रोक्न सकिन्थ्यो, यहाँको स्थानीय सरकार, यहाँको राष्ट्रिय निकुञ्जले कहिल्यै पनि हामीलाई नागरिकसरह व्यवहार गरेन, न हामीले गरेको कामको मूल्यांकन भयो, न माया नै, जसरी यो पेशाबाट पलायन साथीहरूको संख्या बढिरहेको छ, यसले संरक्षणमा अझ बढी चुनौती थपिनेछ। राज्यले छिटो भन्दा छिटो हामी नेचर गाईडहरु लाई उचित राहातको व्यवस्था गरी हाम्रो काममा फर्किने वातावरण बनाइदियो भन्ने आशा गर्दछु।
भवानी कडेंल, नेचर गाईड ठाकुरद्धारा
हुन त यो बिश्व महामारी कोभिड१९ ले सारा संसार लाइ नै तहस(नहस पारिदिएकोछ तथ्य सर्ब बिदितै छ । तर नेपालको संदर्भमा नेपाललाइ बिश्व सामु चिनाउने तथा बिदेशी मुद्रा आर्जन गर्ने तथा बिश्व सामू दौत्य संबन्ध कायम गर्ने सिंगो पर्यटन क्षेत्र चाहिँ थामिनै नसक्ने गरि थला परेकोछ । राष्ट्रको यति महत्वपुर्ण क्षेत्र यसरी धरासयी हुँदा पनि यसलाइ जोगाउन अथवा ढाडस दिन कुनै संबन्धित निकाय वा सरकारको तर्फबाट हालसम्म कुनै किसीमको पहल भएको देखिदैन ।
हाल बर्दियामा आफनो मुख्य पेशाको रुपमा अप्नाइ पथ(प्रर्दशनको कार्य गर्ने धेरै युवाहरु समाबेश हुनुहुन्छ । कामको प्रर्कती हेर्दा केहि जोखिम तथा साहसिपूर्ण भए पनि हालसालै यस पेशा प्रति महिलाहरुको पनि आकर्षण बढदै गएको पाइएकोछ । बर्ष दिन भन्दा लामो समयसम्म आफनो पेशा ठप्प हुँदा जिबिकोपार्जनको लागि अन्य बैकल्पिक पेशा खोज्न बाध्य भएका छन यहाँका पथ(प्रदर्शकहरु । पर्यटकहरुलाइ पथ(प्रदर्शन गर्न ठुलो ज्ञानको आवश्यक पर्दछ तसर्थ पथ(प्रदर्शकहरुलाइ बृहत अध्ययन(अनुसन्धानको साटो ज्याला(मज्दुरी, काठ चिरान तथा केहि बिकन्प नै नपाइ ठुलो संकटमा परेकाछन यहाँका पथ(प्रदर्शकहरु । रोजीरोटी जोहो गर्न कोहि बिदेश पलायन हुन त कोहि पेशाकै खोजिमा अन्यत्र काम गर्दा ज्यान पनि बाध्य छन यहाँका पथ(प्रर्दशकहरु, जुन हाम्रो सिंगो समाजकै लागि ठुलो बिडम्बनाको कुरा हो । आयश्रोत शुन्य हुँदा हातमुख जोडन गाहे भइ बिभिन्न किसिमका अन्य बिकराल समस्याहरु उत्पन्न हुने सक्ने खतरा देखिन्छ । आयश्रोत शुन्य भए पनि जिउनको लागि जोहो गर्नै पर्नुको साथै राज्यलाइ पथ(प्रदर्शन लाइसेन्स नबिकरण तथा पान जस्ता कर तिर्ने पर्ने अर्को बाध्यता पनि रहेकोछ यि निमुखा पथ(प्रदर्शकहरुको । प्रतिकुल समयको कारण पर्यटक नभएर काम नहुँदा स्वअध्ययन को लागि पंक्षी तथा प्रकृती अवलोकन गर्न तथा सौखको लागि फोटोग्राफी गर्न एक उपयुक्त समय हुन सक्थ्यो यो तर यि सबै गतिबिधी गर्न पनि न्युनतम रकम खाँचो पर्दछ तर बिडम्बनाको कुरा यो श्रोत जुटाउन पनि असमर्थ छन यहाँका प्रकृती पथ(प्रदर्शकहरु । यति मात्रै नभएर बिगतमा यहाँका यि पथ(प्रदर्शकहरु आफुले प्रकृती संरक्षण तथा पर्यटन प्रबर्धन संबन्धि आफुले जानेबुझेका ज्ञान पनि यहाँका स्थानिय बिद्यार्थीहरु, संबन्धित अन्य निकायहरु तथा सर्बसाधारणहरुसँग पनि शेयर गर्न असमर्थ भएकाछन ।
रामजन चौधरी, बरिष्ठ नेचर गाईड तथा द डिनका प्रोप्राइटर
निकुञ्ज को स्थापना काल देखी बर्दिया राष्ट्रिय निकुञ्न र यसको मध्येवर्ती क्षेत्रलाई आप्नो कार्य क्षेत्र बनाई यसको जैविक विविधता तथा वन वन्यजन्तुहरु को संरक्षण गर्दै, स्थानिय स्थरमा रहेका भेष, भुषा, कला र संस्कृती को राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा स्थानिय स्थरमा यसको जगेर्ना गर्न प्रोत्साहन गर्दै आप्नो जिवन पावन गर्दै आइरहेका हामी लाई पथ प्रर्दशक वा नेचर गाईड भनेर चिनिन्छ । झट्ट हेर्दा पोसाकका कारण ले वन पाले जस्तो देखिने हाम्रो पोसाक, निहालेर अध्ययन गर्ने हो भने हामीमा जिम्मेवारी कती छ भन्ने कुरा त्यो हामीलाई मात्र थाहा छ । बर्दिया लाई विशेष गरी पछिल्लो समयमा यहा पाउने पाटे बाघ लगायत बिभिन्न किसिमका वन्यजतु, चरा चुरुङ्गी, बिभिन्न किसिमका जलचर, उभएचर तथा यहाको वनस्पतीका प्रजातीले विश्व ब्यापीरुपमा उल्लेखनीय चर्चा पाएको छ । जसले गर्दा बर्दिया घुम्न पर्यटकहरुको चापले यस क्षेत्रमा काम गर्ने पर्यटन कर्मी तथा नेचर गाईड हरुको रोजगार तथा पारिश्रम निकै वृद्धि भएको थियो ।
तर हाल विश्व माहामारी को रुपमा फैलिरहेको कोरोना भाइरस कारण सम्पुर्ण काम काज हरु ठप्प भएका छन् , विशेष गरी पछिल्लो समयमा देशमा भएको लकडाउनका कारण सबै भन्दा बढी धरातलिय अवस्थामा गुज्रिरेहेको पर्यटन ब्यावसाय त्यसमा पनी झनै बढि पर्यटन मजदुर हामी नेचर गाईड पर्दछौ । त्यहि अफ्ठारो क्षेल्नको निम्ती पर्यटन र संरक्षण मा काम गर्ने गाईडहरु तुलनमत्मक रुपमा ७० प्रतीशतले घटिसकेको अपस्था छ ।
पवन थापा, अध्यक्ष प्रकृति पथ प्रदशक संघ ठाकुरद्धारा बर्दिया