+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानव बेचविखन बिरुद्ध एकता

बर्दिया न्युज
२०७६ भाद्र २०, शुक्रबार

बर्दियान्युज । बर्दियाबाट हुने कुनैपनि मानव वेचविखनका विरुद्ध एक हुने प्रतिबद्धता ब्यक्त गरिएको छ । मानव बेचबिखन बिरुद्धको १३ औं राष्ट्रिय दिवस मनाउँदै मानव बेचविखन रोक्ने सामुहिक प्रतिवद्धता गरिएको हो ।
बर्दियामा विगत तिन बर्षको तुलनामा मानव बेचविखनको दर घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । उनले भने बर्दियामा प्रहरी, स्थानिय लगायत संघसंस्थाहरुको सामुहिक प्रयासले मानव बेचविखनको दर घटेको हो ।


प्रहरीले आर्थिक बर्ष ०७३÷७४ मा भारतीय सीमा हुँदै तेस्रो मुलुक लैजाने क्रममा ७ जना, ०७४÷७५ मा ४ जना र आर्थिक बर्ष ०७५÷७६ मा २ जना महिलाहरु उद्धार गरेको उनले जानकारी दिए ।
बर्दियाको सदरमुकाम गुलरियामा मानव वेचविखन विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दिया अन्र्तगत समुदाय प्रहरी साझेदारी कार्यक्रम, गुलरिया नगरपालिका, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति बर्दिया, माईती नेपाल, दलित महिला उत्थान संघ, साना हातहरु, ओरेक नेपाल लगायत विद्यार्थीहरु सम्मिलित बृहत र्याली निकालिएको छ ।


गुलरिया नगरपालिका कार्यालयबाट निकालिएको र्यालीले राधाकृष्ण चोक हुँदै गुलरिया बजार परिक्रमा गरेको हो । गुलरिया नगरपालिकाको कार्यालयमा आयोजित औपचारीक कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना भनाई राखेका छन् । पछिल्लो समय देशका ७७ वटै जिल्लामा मानव वेचविखनको समस्या देखिएको छ ।
कार्यक्रमका विशेष अतिथि गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र पौडेलले सबैमिलि मानव वेचविखन रोक्नुपर्ने बताएका छन् । महिला विरुद्ध हुने जस्तो सुकै निकृष्ट कार्य रोक्न गुलरिया नगरपालिका सधै तयार रहेको उनले प्रष्ट पारे ।


एकसाता देखि शुरु गरिएको अभियान सकिएको जानकारी दिईएको छ । कार्यक्रममा बक्तृत्वकलामा जित हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा नृत्य गर्ने विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरिएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक वसन्त पाण्डेले मानव वेचविखन विरुद्धको कविता वाचन गरेका थिए । महिला पुरुष प्रहरी विच दोहोरी खेलाईएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ