+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इलाम २ मा माओवादी केन्द्रबाट धीरेन्द्र शर्मा तिमिल्सिना सिफारिस

बर्दिया न्युज
२०८० चैत्र १९, सोमबार

काठमाडौँ – माओवादी केन्द्रले केन्द्रीय सदस्य धीरेन्द्र शर्मा तिमिल्सिनालाई इलाम २ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गरेको छ ।

इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जनाएका छन् ।
‘उहाँ इलामका पुराना नेता तथा केन्द्रीय सदस्य हुनुहुन्छ। इलाम २ मा उहाँको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ’, उनले जानकारी दिए ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ। कांग्रेसले भने उम्मेदवार चुन्न मंगलबार बैठक बोलाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ