बर्दियान्युज । महिला समाजसेवी मंगलादेवी श्रेष्ठलाई सम्मान गरिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ निवासी श्रेष्ठलाई जीवनकालको अधिकांश समय सामाजिक सेवाको क्षेत्रमा कार्य गरेको भन्दै सामाजिक सेवा दिवसका अवसरमा गैरसरकारी संस्था महासंघ बर्दियाले सम्मान गरेको हो ।
श्रेष्ठले महिला स्वयंसेवीका, नारी शिल्पकला केन्द्र र मानव अधिकारका लागि एकल महिला समूहमा सक्रिय भै लामो समय देखि बर्दियामा समाज सेवा गर्दै आएकी थिईन् । ७० वर्षिया श्रेष्ठको निवासमै पुगी सम्मान गरिएको गैसस महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिनाले बताए । श्रेष्ठ विगत ५ वर्ष देखि नशा सम्बन्धी रोगले पिडित छिन् ।