+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण ब्यवसायीले बाँडे न्यानो कपडा

बर्दिया न्युज
२०७६ कार्तिक १५, शुक्रबार

बर्दियान्यूज । निर्माण ब्यवसायी संघ बर्दियाका निवर्तमान अध्यक्ष अनिल केसीले विपन्न परिवारलाई कपडा वितरण गरेका छन् । दीपावली तथा छठ पर्वको अवसर पारेर गुलरिया नगरपालिका वार्ड नम्वर ५ बालापुर स्थित हरियाली टोलका ४९ घर विपन्न परिवारलाई न्यानो कपडा बाँडीएको हो ।

गुलरिया नगरपालिका वार्ड नम्वर ६ का वडा अध्यक्ष निरज शर्माले कपडा हस्तान्तरण गरेका छन् । कपडा हस्तान्तरण गर्दै शर्माले भने नागरिक स्तरबाट गरिने सामाजिक सेवाले समाजिक मनोबल बढाउन उत्साहित गर्छ । नगरमा सामाजिक सेवाको भावना बृद्धि गर्न ब्यवसायी केसीको योगदानले प्रेरणा दिने वडा अध्यक्ष शर्माको भनाई छ ।

सामाजिक सेवाको भावनाबाट प्रेरित भएर न्यानो कपडा वितरण गरेको निर्माण ब्यवसायी एवम् निर्माण ब्यवसायी संघ बर्दियाका निवर्तमान अध्यक्ष अनिल केसीले बताए । विपन्न वर्गलाई सहयोग गर्ने नागरिकको पनि दायित्व रहेकाले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले ब्यक्त गरे । न्यानो कपडा वितरण कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा सदस्यहरु सोवेन्द्र चौधरी र काली देवी थारु समेतको सहभागीता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ