बर्दियान्यूज । रमेश थापा बर्दिया राष्ट्रिय निकुञ्जका सेवानिवृत्त वार्डेन हुन् । बर्दियाको संरक्षणको ईतिहासमा उनको अतुलनिय योगदान रहेको पाईन्छ । जागीरे जीवनको लामो समय उनले बर्दिया राष्ट्रिय निकुञ्जमै विताए । सेवानिबृत्त जीवनमा पनि उनी संरक्षणसँगै पर्यटकिय क्षेत्रको अवलोकन भ्रमणको अनुभव सँगाल्ने कार्यमा ब्यस्त हुन्छन् । यसपटकको दशै तिहारको अवसरमा ९ दिने थाईल्याण्ड भ्रमण सकेर उनी नेपाल फर्किएका छन् । नेपालको भ्रमण बर्षलाई मध्यनजर गर्दै थाइल्याण्ड भ्रमणबाट प्राप्त अनुभुतीहरु थापाले सुझावका रुपमा प्रस्तुत गरेका छन् ।
१.काठमाण्डौ बिमानस्थलको इमिग्रेसनमा बैदेशिक रोजगार, अध्ययन भ्रमण र अन्यका लागि एउटै लाइन थियो । कोहि बलिया बांगा पाखुरा हुने धकेल्दै अगाडि पुग्थे अनुसाशित भएर लाइनमा बस्नेहरु पछाडी धकेलिन्थे । यो बेथितिको बिरोध गर्दा त्यहांका कर्मचारीले अति निच व्यवहार देखाएर उल्टै थर्काउन थाले । एकजना लाइनमा बसेका ब्यक्तिलाइ देखाउदै त्यो मानिसले चर्को आवाजले बोल्यो त्यसलाइ चिन्नुहोस है आज त्यसको काम रोक्नुहोस भन्दै अनौपचारिक पोसाकमा रहेका एकजना पाका ब्यक्ती कुर्लिए । सायद यिनी हाकिम होलान । केही समयको धक्कामुक्का र त्यहांका कर्मचारीलो घुर्की सुन्दै त्यहांबाट पार भैयो ।
२.हाम्रो बुहारी अन अराइभल भिसामा थिइन करिब २ मिनटमा बैंकक बिमानस्थलमा उनलाई थाइल्याण्ड भ्रमणको भिसा प्राप्त भयो हामी बाहिर निस्कियौं ।
३.हामीले बैंकक, चियानमाइ, चियांग्राइ र क्राबीमा विभिन्न बौद्ध मन्दिरहरु भ्रमण गरियो । त्यहां मन्दिर दर्शन गर्न जांदा शरिरमा पुरै कपडा लगाएर जानू पर्ने रहेछ । हाफ पाइन्ट, मिड्डी, र बाउला नभएको कपडा लगाएर प्रबेश गर्न नपाइने रहेछ । पूरा शरीर छोप्ने कपडा नहुनेले सस्तोमा खरिद गरेर वा भाडामा लिएर प्रयोग फर्न सक्ने रहेछन ।
३.पर्यटकको आकर्षणका लागि नया संरचनाहरु निर्माण गरिएका रहेछन । चियांग्राइ प्रदेश भ्रमणको आकर्षण करिब २३ बर्ष अगाडि बनेको सेतो मन्दिर र २ बर्ष अगाडि बनेको निलो मन्दिर रहेछ । अत्यन्त आकर्षक कलाको प्रस्तुती छ यी मन्दिरहरुमा ।
४.यहाँ गाइडहरुले आफ्नो देशमा आएका पर्यटकप्रती धेरै अनुसाशित र इमान्दार व्यवहार गर्दा रहेछन । पर्यटकलाइ ढांट्ने ठग्ने गरेको पाइएन ।
५.हामी फर्केर आउने बेला काठमाण्डौ एयरपोर्ट छिरेपछी अन अराइभल भिसामा आउनेको ठूलो हुल थियो । अधिकांस त नेपाली मुलका मानिसनै थिए । त्यहां राखिएका केही कम्प्युटर ह्यांग भएर नचल्ने अवस्थाका थिए । नेपाली मुलका मानिशरु ठेलमठेल गर्दै कम्प्युटरमा झम्टिन्थे बिचरा बिदेशीहरु ट्वां ।
अलि ठूलो ठाउँ, लानमा बसेर पालो अनुसार काम गर्ने, केही सहयोगी कर्मचारी र बुझिने गरि जानकारीहरु राखिदिए कति राम्रो हुन्थ्यो ।
नेपाल भ्रमणमा आउंदा बिमानस्थलबाटै हैरानी शुरु भएपछी कसरी राम्रो सन्देश जान्छ र भ्रमण बर्ष २०२० मा पर्यटक बढ्छन खै ?