+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरको भित्ताले च्यापिएर मालिकको मृत्यु

बर्दिया न्युज
२०७६ कार्तिक २०, बुधबार

बर्दियान्यूज । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित दुर्गा गेष्ठ हाउस पुर्ननिर्माणका क्रममा घरको भित्ताले चेपिएर घर मालिक तथा होटल संचालक ६० बर्षिय भविप्रसाद पौडेलको मृत्यु भएको छ । गुलरिया—भूरिगाउँ हुलाकी सडक निर्माणका लागि अतिक्रमित घरको संरचना भत्काउने क्रममा आफ्नै घरको माथिल्लो तल्लाको भित्ता खसेर चेपिएपछि पौडेलको घटना स्थलमै मृत्यु भएको हो ।
भित्ता भत्किने क्रममा दुईजना कामदार घाईते भएका छन् । प्रहरीका अनुसार बढैयाताल गाउँपालिका वार्ड नम्वर ९, शक्तिनगर निवासी १६ बर्षिय नवराज चौधरी र ३४ बर्षिय मनोजराम चौधरी गम्भीर घाईते भएका छन् । घाईतेहरुको गुलरिया अस्पताल बर्दियामा उपचार भैरहेको जनाईएको छ । गुलरियामा अकल्पनिय घटना घटेपछि बजारबासी स्तब्ध र शोकमग्न बनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ