+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीमा अतिक्रमण बिरुद्ध नारावाजी

बर्दिया न्युज
२०७६ कार्तिक २१, बिहीबार

बर्दियान्यूज । भारतको नक्सामा नेपाली भुमी समावेश गरेको विरुद्धमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बर्दियाले जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गरेको छ । गोब्याक ईण्डीया, नेपाली भुमी फिर्ता गर, कालापानी हाम्रो हो, भारतीय दलाल होसियार लगायतका नारावाजी गर्दै नेपाली भुमी फिर्ता गर्न माग गरिएको हो ।
विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले सरकारी दस्तावेजका आधारमा लिपुलेक नेपालकै प्रमाणित भूभाग भएकाले कुटनितिक आधारमा भारत र चीन दुवैसँग बार्ता गर्न माग गरेका छन् ।
ज्ञापन पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ समकक्षी खछियाङ् बिच सन् २०१५ मे १५ मा भएको सम्झौता अनुसार भारतीय अतिक्रमणलाई चीनले समेत औपचारीक रुपमै साथ दिएको भन्दै खेद प्रकट गरिएको छ । चीन, भारत र नेपालको विचमा त्रिपक्षिय सम्झौता हुनेपर्ने अवस्थामा नेपाललाई समावेश नगरी नेपालको अहितमा निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।
सन् १९८६ को सुगौली सन्धीको धारा ५ अनुसार लिम्पियाधुरा काली नदीको मुहान भएकाले भारत सरकारले एकलौटी रुपमा कब्जा गरेको भन्दै विद्यार्थीहरु आक्रोषित बनेका छन् । विद्यार्थीहरुले नारावाजी सहित बजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी भारतको हर्कत प्रति विरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ