+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कठै मेरो देश

बर्दिया न्युज
२०७६ कार्तिक २४, आईतवार

 

देबिका के.सी
मानब अधिकारकर्मी ।

सतिले सरापेको मेरो प्यारो देश
पैसा र पावरले न्यायको किनबेच हुने मेरो देश ।
गरिवहरु दिनदिनै गरीब हुँदै जाने मेरो देश
धनीहरु दिनदिनै धनी हुँदै गएको मेरो देश
देशभन्दा धनी जनता भएको मेरो प्यारो देश ।

दुई ढुङ्गाको विचमा च्यापिएको
तरुल जस्तै मेरो सानो देश ।
कहिले भारतले त कहिले चिनले
आन्तरिक मामलामा
हस्तक्षेप गरिरहेको मेरो प्यारो देश ।

चाहेर पनि स्वतन्त्र हुन नसकेको
चारैतिर जमिनै जमिनले घेरिएको मेरो देश ।
भुपरिबेष्ठित हुनु सबैभन्दा दुर्भाग्य भनौ
यहि कारणले नै दिनदिनै गरीव
हुँदै गएको मेरो प्यारो देश ।

कहिले भारतसँग घुर्कि लगाउछ
कहिले चिनसँग घुर्कि लगाउछ
के गर्नु विचरा फेरी आबश्यक पर्छ
फेरी उनीहरुकै शरणमा पर्न जान्छ
कठै मेरो प्यारो देश ।

सस्तोमा कच्चा पदार्थ निर्यात गर्ने
महंगोमा तयारी सामान आयात गर्ने
यहि असन्तुलीत आयात निर्यातले त तिमी
दिन प्रतिदिन गरिव हुँदै गएकी छौ
बैदेशिक क्रृणको भारले चुर्लुम्म डुबेकीछौ ।

कहिले भारतको दादागिरी मेरै देशमाथी
कहिले चिनको दादागिरी यहि देशमाथी
नेपालमा जन्मिएका बुद्धलाई भारतमा जन्मिएको भन्ने भारत
नेपालको भुभागलाई भारतको नक्सामा राखेर
नयाँ नक्सा निकाल्ने भारत, कठै कठै मेरो देश ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ